Social Worker & Politicians

Tuesday, August 22, 2023

नेता नेतृत्व र चरीत्र - जनक राज ढुंगाना (कालु)

नेतृत्वसँगै नेता र अनुयायीको सुरुवात हुन्छ । नेता भन्नाले संगठनमा अधिकार प्राप्त व्यक्ति हो । जसले नीति-नियमअनुसार निर्देशन दिने अधिकार प्राप्त गरेको हुन्छ । अनुयायी भन्नाले नेताले दिएको निर्देशनअनुरुप कार्य गर्ने व्यक्ति हुन् । यसरी संगठनहरुमा व्यवस्थापक र कर्मचारीबीचमा नेता र अनुयायीका सम्बन्ध रहेको हुन्छ । नेतृत्व एक महत्वपूणर् व्यवस्थापकीय कार्य हो । कुशल तथा प्रभावकारी नेतृत्वको अभावमा संगठनात्मक उद्देश्य प्राप्त गर्न सम्भव हुँदैन । कुशल नेतृत्वविनाको संगठन मियोबिनाको दाइँसरह हुन्छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्दछ । त्यसैले भनिन्छ संगठनात्मक लक्ष्य हासिल गर्नको लागि संस्थालाई नेतृत्व दिने व्यवस्थापक असल नेतामा हुनुपर्ने गुणयुक्त हुनुपर्दछ । यसप्रकार नेतृत्व नेताद्वारा अनुयायीहरुलाई प्रभाव पार्ने एक कला हो । संगठनात्मक लक्ष्यप्राप्तिका लागि नेतृत्वको अहम् भूमिका हुन्छ । कुनै पनि संगठन सफल र सुचारुरुपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता र नैतिकता र मिलनसार व्यवहार हुनु जरुरी हुन्छ । नेतृत्व भन्नाले सामूहिक उद्देश्य प्राप्तिको लागि परिस्थितिअनुसार अनुयायीहरुलाई प्रभावित गर्न सक्ने क्षमता वा गुणलाई जनाउँछ । नेतृत्वको विषयमा चर्चा गर्दा नेता र नेतृत्वमा के फरक छ, नेतृत्व भनेको के हो, नेतृत्व केका लागि भन्ने जस्ता प्रश्न आउँछन् । झट्ट सुन्दा हामी नेतृत्व भनेर राजनीतिक नेतालाई मात्रै बुझ्छौं । हाम्रो चिन्तन र सोचाइ राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको पाउँछौं । राजनीतिक नेताहरूले नीति बनाउने भएकाले उनीहरूको ठूलो महत्व छ । त्यो नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ तर राजनीतिक नेतृत्व मात्रै नेतृत्व हो त ? पक्कै होइन । यो सापेक्ष विषय हो । कुनै घरमा बाबुले, कुनैमा घरमा आमाले, कसैले घरको ज्येष्ठ सदस्य वा कुनै घरमा सामूहिक निणर्य लिने चलन पनि हुन्छ ।नेताको विम्वका रुपमा वीपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई सेरवहादुर देउवा आदिको नाम अगाडि आउँछ । तर, कुनै पनि नामले हामीलाई रोमाञ्चित बनाउन भने सक्दैन । कुनै समयमा बनायो होला । तर, सधैं बनाइरहन सक्दो रहेन छ । सबल र सक्षम भनिएको नेतृत्व पनि हेर्दा-हेर्दै धरासयी हुँदो रहेछ । यसबाट नेतृत्व भन्ने कुरा पनि सधैं रहिरहने होइन भन्ने थाहा पाउन सकिन्छ । एउटा अन्तर्वार्तामा एडमण्ड हिलारीले शिखरको सबैभन्दा माथिल्लो उचाइमा पुग्नुको अर्को स्टेप भनेकै तल झर्नु हो भनेका थिए । नेतृत्वको विषयमा चर्चा गर्दा पनि यो कुरा लागु हुन्छ ।त्यसैले नेतृत्व के हो भन्ने विषयमा आफैंमा त्यति सरल छैन । विश्वविद्यालयहरूमा पनि नेतृत्वको विषयमा पढाइन्छ । तर, नेतृत्व र नेताका बारेमा बुझ्न निकै कठिन भइरहेको छ । एरिस्टोटल भन्छन्, हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्छौं । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन् । त्यस विषयमा निणर्य कसले लिन्छ ? त्यो निणर्य लिने व्यक्ति वा संस्था नै नेतृत्व हो । सामान्यता व्यक्ति २ ओटा कारणले नेता बन्न चाहान्छ । केही व्यक्तिहरु Vocation (तिव्र चाहना , आवेग कुनै क्षेत्र/पेशा प्रति)ले राजनीतिमा आउँछन् । भने अर्को सामान्य सैद्धान्तिक आधार, कारण र लिगेसीबाट राजनीतिमा आउँछन् । Vocation  को कारण नेता बन्नेहरु नै इतिहासमा महान नेता भनि दर्ज भएका उदाहरण छन् जस्तो वी.पि.कोइराला, गान्धी, अब्राहम लिङ्कन आदि । उनिहरुलाई राजनीतिबाट (नेता बन्न) बाट Detach  (अलग) गर्न सायद असम्भव थियो । Political Voracity (राजनीतिक मुख) भन्दा अलग भएर विरासत र क्रमबद्धताले नेता भएकाहरुको कम चर्चा हुन्छ । किनकि उनिहरुले आफ्नो मान्यता स्थापित गर्नु भन्दा पनि अग्रजहरु कै सैद्धान्तिक धरातललाई निरन्तरता दिन्छन् । नेताको प्रवृतिको कुरा गर्दा गणेशमान सिंहले भन्नु भएको थियो “कोही भिडको पछाडि लागेर नेता बन्छन्, कोही भिडलाई आफु पछाडि लाएर नेता बन्छन् ।” असली नेता त्यही हो जसले आफ्नो Conviction (मान्यता) मा अरुलाई हिडाउन सक्छन् । सैद्धान्तिक धरातल र दार्श्निक पक्ष जेसुकै भए पनि हाम्रो जस्तो समाजमा व्यक्तिहरु नेता वन्नुमा विशिष्ट, मौलिक र Pragmatic (व्यवहारिक) कारणहरु प्रधान छन् । प्रजातन्त्र प्राप्तिको लडाई, तानाशाही राजतन्त्र, माओवादी जनयुद्ध, क्ष्लInclusive Democracy (समावेशी लोकतन्त्र) को सङघर्षले गर्दा व्यक्तिहरु धेरै राजनैतिक पार्टीहरुमा स्थापित नेता बने । अधिकार प्राप्ती, लोकतन्त्र संस्थागत भएपछि पनि किन यत्रो धेरै नेता बन्ने भिड आयो त भन्ने प्रश्न उठ्न सक्छ ? लोकतन्त्रमा सामाजिक मुद्दाहरु, समस्याहरु नहुने होइनन् तर के नेता बन्नुमात्र समाधान हो त ? कि नेतृत्व गुनासो मात्र होइन अवसर पनि हो यो व्यवहारमा चरितार्थ हुनुपर्छ । नत्र आवधिक निर्वाचन बाट नेता बन्ने र राजनीतिलाई बिना लगानीको व्यापार बन्छ । सेवा भन्दा पेशा बनाउनाले समाज रुपान्तरीत हुनुको सट्टा विकृति सिवाय केही हुनसक्दैन । समाजमा सिर्जनशिल व्यक्तिहरु नेता बन्ने कि बेरोजगारहरुको अखडा राजनीति बन्ने ? समस्या उजागर गर्न मात्र नेता बन्ने कि समाधानमुखी बन्ने आजको प्रश्न यहि हो । नेताले उनीहरुबीचको सम्बन्धलाई स्पष्ट पार्दछ, जसले गर्दा उनीहरुबीच हुन सक्ने द्वन्द्वलाई कमी गर्दछ । नेताले व्यक्तिगत लक्ष्यहरुलाई संगठनका लक्ष्यहरुसँग एकीकृत गर्दछ, जसले सामूहिक हित सृजना गर्दछ । उसले समूहका कार्यहरुबारे राम्रो जानकारी राखी सामूहिक प्रयासहरुलाई समन्वय गर्दछ । त्यसैले नेताले संगठनका विभिन्न विभागहरुको निगरानी गर्दै तिनीहरुका क्रियाकलापहरुबीच समन्वय गर्दछ । विभिन्न क्रियाकलापहरुको बीचमा समन्वय गर्नु पनि व्यवस्थापक वा नेताको कार्य हो । संगठनमा विभिन्न तह, विभाग र एकाइहरु हुन्छन् । प्रत्येक तह, विभाग र एकाइको सम्बन्ध अर्को तह, विभाग र एकाइसँग हुन्छ । त्यसैले विभिन्न क्रियाकलापहरु बीच समन्वय हुनु जरुरी हुन्छ । यदि क्रियाकलापको बीचमा समन्वय नभएमा संगठनात्मक लक्ष्यप्राप्ति हुँदैन । त्यसैले नेताले विभिन्न क्रियाकलापमा समन्वय ल्याउनुपर्छ । एउटा नेता आफ्नो समूहको प्रतिनिधि हो । नेताले बाह्य व्यक्तिहरु वा व्यवस्थापनसमक्ष समूहको प्रतिनिधिको रुपमा कार्य गर्दछ । समूहको हित हुने जुनसुकै कुरामा उसले पहल गर्दछ । साथै उसले अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु पूर्ति गर्दछ । नेताको अर्को महत्वपूणर् कार्यसंगठनको प्रतिनिधित्व गर्नु हो । नेता अथवा व्यवस्थापक संगठनको सबैभन्दा बढी अख्तियार प्राप्त व्यक्ति भएको कारणले पनि व्यक्तिगत स्वार्थलाई त्यागी संस्थागत हितका लागि कार्य गर्नुपर्छ । व्यवस्थापकले विभिन्न संगठन र निकायसँग कार्य गर्दा नेताले आफ्नो संगठनको प्रतिनिधित्व गरेको हुनुपर्छ । नेताले आफ्नो समूहको प्रतिनिधित्व गर्दछ । उसले समूहको हित हुने सबै विषयहरुमा विशेष पहलकदमी लिन्छ । उसले आफ्ना अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु परिपूर्ति गर्नमा प्रयास गर्दछ । एउटा कुशल नेतामा संगठनका क्रियाकलापहरुसम्बन्धी प्राविधिक ज्ञान तथा सीप हुनुपर्दछ । नेताले संगठनका लक्ष्यहरु हासिल गर्न अनुयायीहरुलाई मार्गदर्शन गर्दछ । सहायकहरुसमक्ष समस्या आइपर्दा सरसल्लाह दिन नेता सदैव तत्पर हुनुपर्दछ । नेताले उनीहरुबीचको सम्बन्धलाई स्पष्ट पार्दछ, जसले गर्दा उनीहरुबीच हुन सक्ने द्वन्द्वलाई कमी गर्दछ । नेताले व्यक्तिगत लक्ष्यहरुलाई संगठनका लक्ष्यहरुसँग एकीकृत गर्दछ, जसले सामूहिक हित सृजना गर्दछ । उसले समूहका कार्यहरुबारे राम्रो जानकारी राखी सामूहिक प्रयासहरुलाई समन्वय गर्दछ । त्यसैले नेताले संगठनका विभिन्न विभागहरुको निगरानी गर्दै तिनीहरुका क्रियाकलापहरुबीच समन्वय गर्दछ । विभिन्न क्रियाकलापहरुको बीचमा समन्वय गर्नु पनि व्यवस्थापक वा नेताको कार्य हो । संगठनमा विभिन्न तह, विभाग र एकाइहरु हुन्छन् । प्रत्येक तह, विभाग र एकाइको सम्बन्ध अर्को तह, विभाग र एकाइसँग हुन्छ । त्यसैले विभिन्न क्रियाकलापहरु बीच समन्वय हुनु जरुरी हुन्छ । यदि क्रियाकलापको बीचमा समन्वय नभएमा संगठनात्मक लक्ष्यप्राप्ति हुँदैन । त्यसैले नेताले विभिन्न क्रियाकलापमा समन्वय ल्याउनुपर्छ । एउटा नेता आफ्नो समूहको प्रतिनिधि हो । नेताले बाह्य व्यक्तिहरु वा व्यवस्थापनसमक्ष समूहको प्रतिनिधिको रुपमा कार्य गर्दछ । समूहको हित हुने जुनसुकै कुरामा उसले पहल गर्दछ । साथै उसले अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु पूर्ति गर्दछ । नेताको अर्को महत्वपूणर् कार्यसंगठनको प्रतिनिधित्व गर्नु हो । नेता अथवा व्यवस्थापक संगठनको सबैभन्दा बढी अख्तियार प्राप्त व्यक्ति भएको कारणले पनि व्यक्तिगत स्वार्थलाई त्यागी संस्थागत हितका लागि कार्य गर्नुपर्छ । व्यवस्थापकले विभिन्न संगठन र निकायसँग कार्य गर्दा नेताले आफ्नो संगठनको प्रतिनिधित्व गरेको हुनुपर्छ । नेताले आफ्नो समूहको प्रतिनिधित्व गर्दछ । उसले समूहको हित हुने सबै विषयहरुमा विशेष पहलकदमी लिन्छ । उसले आफ्ना अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु परिपूर्ति गर्नमा प्रयास गर्दछ । एउटा कुशल नेतामा संगठनका क्रियाकलापहरुसम्बन्धी प्राविधिक ज्ञान तथा सीप हुनुपर्दछ । नेताले संगठनका लक्ष्यहरु हासिल गर्न अनुयायीहरुलाई मार्गदर्शन गर्दछ । सहायकहरुसमक्ष समस्या आइपर्दा सरसल्लाह दिन नेता सदैव तत्पर हुनुपर्दछ । लोकतन्त्रमा नेतृत्वको चुनौति पनि छ । हामी वैधानिक तरिकाबाट समानताका कुरा गरिरहेका छौं । सबै मान्छे समान छौं, अवसरले नेतृत्वले स्थापित गर्छ भनिन्छ । तर, हाम्रो कामना के छ भने म पनि त्यो दैवी स्रोत लिएर आएको भए हुन्थ्यो । म पनि रामदेवजस्तो दुनियाँलाई घुमाउन सक्ने भएको भए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं । समानताको सिद्धान्तअनुसार हामी सबै बराबर छौं । मौका पाउने हो भने तपाई हामी सबै नेता बन्न सक्छौं । तर, नेता बनिसकेपछि के बिर्सन्छौं भने हामी नियम कानूनअनुसार गर्नुपर्ने काम गर्नका निमित्त आएको हुँ । म निमित्त हुँ भन्ने नै बिर्सन्छौं । समस्या यहीँनिर छ । नेतृत्वमा सबैभन्दा ठूलो सैद्धान्तिक समस्या कहाँनेर छ भने मान्छे, मान्छे हुन्छ गुणका कारण । तर, आज मान्छे, मान्छे छ समानताका कारण । यो समानताको जमाना हो । हरेकले केही केही काम गर्न पाउनुपर्छ र परिस्थिति सिर्जना भयो भने काम गर्न सक्छ भन्ने मान्यता छ । हाम्रो सन्दर्भमा हेर्दा दैवी नेतृत्व र क्यारिस्म्याटिक नेतृत्वको चाहना बढी देखिन्छ । नेतृत्वका विभिन्न तह हुन्छ । कसैले देशकै नेतृत्व गरिरहेको हुन्छ भने कसैको नेतृत्वमा एउटा विभाग वा सेक्सन हुन्छ ।नेतृत्व तुलनात्मक र सापेक्ष हुन्छ । तर, हाम्रो कल्पना कस्तो छ भने नेतृत्व बलवान हुनुपर्छ, बुद्धिमान हुनुपर्छ, जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ । नेता पहिला-पहिला फर्म भर्ने बेलामा नेताहरुले सामाजिक सेवा लेख्थे । अहिले राजनीति गर्नेहरूले पेशाको महलमा व्यावसाय लेख्छन् । राजनीति गर्नेहरूको सबैभन्दा ठूलो समस्या के हो भने उनीहरू लगानीकर्तामा परिणत भए । नेताहरू नै अस्पताल, विद्यालय चलाइरहेका छन् । चलाउन पाइँदैन भन्ने होइन, तर सार्वजनिक नीति आफ्नो अनुकुल बनाउनुभएन । उनीहरू आफ्नो स्वार्थबाट मुक्त छैनन् । संसदको नीति निर्माण आफ्नो व्यवसाय हेरेर बनाउनु भएन । सार्वजनिक हितमा काम गर्छु भन्ने हो भने यो विषयमा मेरो स्वार्थ बाझिन्छ, त्यसैले म यो काम गर्दिनँ भन्न सक्नुपर्छ । नेता धनी हुनु, ठूलो घर बनाउनु समस्या होइन । हिजो चप्पल लगाएको नेता गाडीमा हिँड्यो भनेर रोइलो गर्न पनि आवश्यक देख्दिनँ । तर, उसको आयआर्जनको स्रोत पारदर्शी हुनुपर्छ । भारतमा नेहरुलाई त कसैलाई प्रश्न उठाउन सकेन नि । धनी र गर्न सक्ने मान्छे नै आउने हो राजनीतिमा । गरेर खानुपर्ने मान्छेहरू त साँझ बिहानका लागि, खानाकै जोहो गर्न लागिरहेका हुन्छन् । त्यो वर्गलाई त कम्युनिष्टहरूले रोमान्टिज्म मात्रै गरेका हुन् । परेका बेलामा उनीहरू कोदालो फ्याँक्न भने सक्छन् । दुनियाँले ट्याक्स तिर्ने, नेताले नतिर्ने हुनुभएन । राजनीति गर्नेहरूलाई विशिष्ट श्रेणीको जस्तो व्यवहार गरिन्छ । नियम, कानून र व्यवहार समान हुनुपर्यो । पदमा होस् कि नहोस्, कुनै पनि नेता लाइनमा बसेको देख्नुभएको छ ? मेरो भनाइ के हो भने समानताको जमानामा लिडरसीपको महत्व नै फरक हुन्छ । त्यसको ‘वेटेज’ नै फरक गर्नुपर्छ । हामी हिजोको असमानताको जमानाको कुरा गरिरहेका छौं । नेपालमा मात्रै राजनीतिमा आकर्षण देखिएको हो । संसारभरि राजनीतिप्रति विकर्षण छ । किनभने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले त यसलाई ‘डिक्लियरेसन अफ कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ पनि भनिन्छ । अमेरिकामा अहिले यो विवाद छ । डोनाल्ड ट्रम्पले मानिरहेका छैनन् । उनी व्यापार पनि गर्छन् । इथिक्स कमिटीले ट्रम्पलाई दबाव दिइरहेको छ । राजनीतिमा जाने मान्छेले म व्यक्तिगत लाभ लिने छैन भन्न नसक्दा नै जनताले जुन जोगी आए पनि कानै चिरेको भन्ने अवस्था आएको हो । ४ वर्ष, ५ वर्षमा निर्वाचन हुनुको अर्थ एउटा व्यक्ति निश्चित अवधिका लागि मात्रै पदमा जानुपर्छ भनेर हो । तर, हामीकहाँ बीसौं वर्षसम्म पनि त्यही व्यक्तिले पद ओगटिरहेको हुन्छ । यस्तै कारणले हाम्रो सार्वजनिक नीति फितलो भएको हो । जस्तो यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य सार्वजनिक हितमा छ । तर, नेतृत्वले व्यक्तिगत लाभ हेर्दा घोषणा भइसकेको सिण्डिकेट पनि अन्त्य हुन सकेन । समाजवाद उन्मुख नीति लिएको भनिए पनि शिक्षा क्षेत्रमा लागु हुन सक्दैन रे । किनकि त्यहाँ पनि व्यक्तिगत हितकै कुरा छ । मैले अघि राजनीति गर्नेहरू लगानीकर्ता भए भनेको थिएँ । राजनीतिमा पनि उनीहरूकै सन्तान नयाँ लगानीकर्ताका रुपमा आएका छन् । पैसा भएपछि राजनीतिमा स्थापित हुन गाह्रो छैन । पार्टी कब्जाको मनस्थितिबाट राजनीति अगाडि बढेकाले पुस्तान्तरणको कुरा मैले यहाँ देखेको छैन । गएको २० वर्षमा राजनीतिमा प्रयोग भएका शब्द लोकतान्त्रिक छैनन् । कब्जा, घेराबन्दीको कुरा आएका छन् । लोकतन्त्रमा पनि ‘कब्जा’ भन्ने हुन्छ र ? पार्टी्भित्र शत्रुगत व्यवहार छ । एकअर्काबीच बेलाचाल छैन । विकृत सम्बन्ध जोडिएको छ । सकारात्मक सम्बन्ध जोडिएका छैनन् । यो समय २१औँ शताब्दीको दोस्रो दशकको हो। विज्ञान प्रविधिको विकास, सूचना प्रविधिमा आएको क्रान्ति र चौथो औद्योगिक क्रान्तिको युगले सिर्जना गरेका अवसर र चुनौतीहरूका सामु नेपाली राजनीति वामेसम्म पनि सरेको छैन। नेपाली राजनीति, राजनीतिक नेतृत्व र जनमतको प्रवृत्तिसमेत आजको होइन, आजभन्दा २० वर्षअघितिरै फर्किएको छ। उल्टो दिशा फर्केको जनमत, यथास्थिति र सत्ता र शक्ति स्वार्थमा रमाउने नेतृत्व र आजको समयले सिर्जना गरेका चुनौतीहरू नेपाली राजनीतिका समस्या हुन्। यी समस्याको समाधान गर्न आजको नेतृत्वले हिम्मत गर्नुपर्छ तर ती चुनौती सामना गर्ने उपयुक्त योजनाको अभावमा नेतृत्व गहिरो संकटमा छ। यो संकटबाट मुक्त हुन निकै ठूलो हिम्मत, त्याग र बलिदानको खाँचो छ। समयको अपेक्षा पूरा होला कि नहोला, यसै भन्न सकिन्न। फेरि पनि नेपाली राजनीति चुनौती र अवसरहरूको दोसाँधमा खडा भएको छ। अवसरलाई चुम्न नसक्दा अवसर चुनौतीमा बदलिनेछ भने चुनौतीलाई अवसरमा बदल्न सके त्यो नेतृत्व सफल ठहरिनेछ। एउटा अनौठो समाचार आएको छ । विदेश गएर नेपालका बारेमा आलोचनात्मक कुरा गर्नेको राहदानी रोक्नुपर्छ भनेर माधव नेपालले बोलेको भन्ने समाचार आएको छ । युएनसीएचआरलाई हटाउन जेनेभा र अरुण तेस्रोको विषयमा विश्व बैंकलाई पत्र लेख्ने उहाँ नै होइन र ? १२ बुँदे भारतमै भएको होइन र ? युवा नेतृत्वबाट पनि आश गर्न सकिने आधार देखिएको छैन । टाठाबाठा, जान्ने सुन्ने छन् । तर, उनीहरू पनि एउटा न एउटा पुराना नेताको फेरो समातेर हिँडेका छन् । दाइको अनुकम्पबाट माथि उठ्न सकेका छैनन् । नेतृत्व हस्तान्तरणका लागि त तलबाटै दवाब सिर्जना गरेर आउनुपर्ने हो । नेतृत्व वैधानिक प्रक्रियाबाट आउनुपर्छ । अहिले दासा मानसिकता हाबी छ । भित्रैबाट झिल्को जगाउने खालको छैन । सेल्फ करेक्टिङ अर्गनाइजेसन नै अगाडि बढ्न सक्छ ।
Share:

What is the contrast among Communism and Socialism?

Socialism and communism are umbrella terms alluding to two remaining wing schools of monetary idea; both restrict free enterprise. These belief systems have enlivened different social and political developments since the nineteenth century. A few nations have been or are right now administered by gatherings calling themselves socialist or communist, however these gatherings’ strategies and talk change generally. As a philosophy, socialism is by and large viewed as hard-left, making less concessions to showcase private enterprise and appointive vote based system than do most types of communism. As an arrangement of government, socialism will in general focus on a one-party express that bans most types of political dispute. These two utilizations of the expression “socialism” – one alluding to hypothesis, the other to governmental issues as they are polished – require not cover: China’s decision Communist Party has an unequivocally expert market industrialist introduction and pays just lip administration to the Maoist belief system whose idealist disciples (Peru’s Shining Path in its prime, for instance) see Chinese specialists as middle class counterrevolutionaries. (See likewise, Why Populist Leaders Are Great for Stocks.) Communism can allude to an immense swath of the political range, in principle and practically speaking. Its scholarly history is more fluctuated than that of socialism: the Communist Manifesto gives a part to reprimanding the about six types of communism as of now in presence at the time, and defenders have taken pretty much every left-of-fixate position on the perfect (or best reachable) structure of monetary and political frameworks. Communists can be professional or hostile to advertise. They may view a definitive objective as upset and the annulment of social classes, or they may look for progressively down to business results: general human services, for instance, or an all inclusive benefits conspire. Government managed savings is a communist approach that has been received in the shamelessly entrepreneur U.S. (just like the eight-hour working day, free state funded instruction and seemingly all inclusive suffrage). Communists may keep running for race, shaping alliances with non-communist gatherings, as they do in Europe, or they may administer as tyrants, as the Chavista routine does in Venezuela. Characterizing Communism and Socialism To all the more likely comprehend the elusive qualifications among socialism and communism, how about we follow the historical backdrop of the two terms. Socialism Socialism follows its underlying foundations to “The Communist Manifesto,” a 1848 flyer by Karl Marx and Friedrich Engels. The archive spread out a hypothesis of history as a battle between monetary classes, which will unavoidably reach a crucial stage through a rough oust of industrialist society, similarly as medieval society was savagely toppled amid the French Revolution, preparing for middle class authority (the bourgeoisie is the class that controls the methods for financial generation). Following the socialist unrest, Marx contended, specialists (the working class) would take control of the methods for creation. After a time of change, the administration would blur away, as laborers construct a boorish society and an economy dependent on normal possession. Creation and utilization would achieve a harmony: “from each as per his capacity, to each as per his need.” Religion and the family, establishments of social control that were utilized to enslave the average workers, would go the method for the legislature and private proprietorship. (See 3 Lessons Karl Marx Teaches Us.) Marx’s progressive belief system roused twentieth century developments that battled for, and at times won, control of governments. The Bolshevik upheaval in 1917 ousted the Russian ruler and following a common war built up the Soviet Union, an ostensibly socialist realm that crumbled in 1991. The Soviet Union was just “ostensibly” socialist in light of the fact that, while managed by the Communist Party, it didn’t accomplish a raunchy, stateless society in which the populace on the whole claimed the methods for generation. (See likewise, Command Economy.) Truth be told, for the initial four many years of the Soviet Union’s presence, the Party expressly recognized that it had not made a socialist society. Until 1961, the Party’s legitimate position was that the Soviet Union was represented by the “autocracy of the low class,” a middle of the road arrange along the unavoidable movement towards the last phase of human development: genuine socialism. In 1961, Premier Nikita Krushchev proclaimed that the Soviet state had started “shriveling without end,” however it would persevere for an additional three decades. When it collapsed in 1991, it was replaced by an ostensibly vote based, industrialist framework. No twentieth or 21st-century socialist state has made the post-shortage economy Marx guaranteed in the nineteenth century. All the more regularly, the outcome has been intense shortage: countless individuals kicked the bucket because of starvation and political brutality after the People’s Republic of China was set up in 1949, for instance. As opposed to taking out class, China’s and Russia’s socialist upheavals made little, gigantically rich Party inner circles that benefitted from associations with state-possessed ventures. Cuba, Laos, North Korea and Vietnam, the world’s solitary staying socialist states (except for accepted industrialist China), have a joined total national output (GDP) generally the span of Tennessee’s. Communism Communism originates before the Communist Manifesto by a couple of decades. Early forms of communist idea were enunciated by Henri de Saint-Simon (1760-1825), who was himself an admirer of ur-industrialist Adam Smith, however whose adherents created idealistic communism; Robert Owen (1771-1858); Charles Fourier (1772-1837); Pierre Leroux (1797-1871); and Pierre-Joseph Proudhon (1809-1865), who is acclaimed for announcing that “property is robbery.” These masterminds set forward thoughts, for example, a progressively libertarian dispersion of riches, a feeling of solidarity among the regular workers, better working conditions, and normal responsibility for assets, for example, land and manufacturingequipment. Some required the state to play a focal job underway and conveyance. They were contemporary with early specialists’ developments, for example, the Chartists, who pushed for widespread male suffrage in Britain during the 1850s. Various exploratory networks were established dependent on the early communists’ idealistic standards; most were fleeting. (See additionally, What Exactly Is a Socialist Economy?) Marxism rose in this milieu. Engels called it “logical communism” to recognize it from the “primitive,” “unimportant middle class,” “German,” “moderate” and “basic idealistic” strains the Communist Manifesto singled out for analysis. Communism was a diffuse heap of contending philosophies in its initial days, and it remained as such. Some portion of the reason is that the main chancellor of recently brought together Germany, Otto von Bismarck, stole the communists’ thunder when he executed some of their approaches. Bismarck was no companion to communist ideologues, whom he called “foes of the Reich,” yet he made the West’s first welfare state and actualized widespread male suffrage so as to take off the left’s ideological test. Since the 19thcentury, a hard-left brand of communism has upheld radical societal upgrade – if not a by and large lowly upheaval – that would redistribute influence and riches along increasingly impartial lines. Strains of turmoil have additionally been available in this progressively extreme wing of the communist scholarly custom. Maybe because of Bismarck’s great deal, notwithstanding, numerous communists have seen slow political change as the way to enhancing society. Such “reformists,” as hardliners call them, were frequently lined up with “social gospel” Christian developments in the mid 20thcentury. They logged various strategy triumphs: controls ordering work environment security, least wages, annuity plans, social protection, all inclusive human services and a scope of other open administrations, which are commonly supported by moderately high expenses. After the world wars, communist gatherings turned into an overwhelming political power in quite a bit of Western Europe. Alongside socialism, different types of communism were intensely powerful in the recently decolonized nations of Africa, Asia and the Middle East, where pioneers and erudite people recast communist thoughts in a neighborhood form – or the other way around. Islamic communism, for instance, focuses on zakat, the prerequisite that devout Muslims give away a bit of their amassed riches. In the interim communists over the rich world adjusted themselves to a scope of freedom developments. In the U.S., many, however in no way, shape or form all, women’s activist and social equality pioneers have embraced parts of communism. Then again, communism has gone about as a hatchery for developments that are commonly named far-right. European fundamentalists during the 1930s received communist thoughts, however they expressed them in patriot terms: financial redistribution to the specialists explicitly implied Italian or German laborers and afterward just a specific, tight kind of Italian or German. In the present political challenges, echoes of communism – or financial populism, to commentators – are effectively perceptible on the both the privilege and left.
Share:

धर्मको पुच्छर र कांग्रेसको बैतरणी – जनकराज ढुंगाना (कालु)

नेपाली कांग्रेसमा अथर्ववेदमा उल्लेख गरिएको जस्तो ‘अभिवर्धतां पयसाभी राष्ट्रेण वर्धताम्’जपको अपेक्षाअनर्थ हुन्छ ।ऋग्वेदको मण्डलमा उल्लिखित‘मधु वाताऋतायते मधुं क्षरन्तिसिन्धवः । माध्वीर्नः सन्त्वोषधीः…’जस्तो सार्थक कर्ममा आफूलाई उभ्याउनुको अर्थ खोज्दापनिअनर्थ हुन्छ । कांग्रेस संरचनामामात्र खण्डित हैन विचारमा पनि, नीतिमापनि, कार्यक्रममापनि खण्डित हुँदोछ र चरित्रमापनि खण्डित हुँदोछ । यसबाट ऊ हिजो जनमतमा किन र कसरी पछारियो भन्ने प्रश्नको पनिउत्तर मिल्छ र भोलीको असाध्य धमिलो तस्वीरको पनि । यसअघिको अंकमाभनियो ‘जुनदिनकाँग्रेसले राष्ट्र्र्रियताको अडान छाड्छ, कांग्रेस निरर्थक हुन्छ,जुनदिनप्रजातन्त्रको आदर्श बर्को सत्तास्वार्थको ढाल हुन्छ त्यो बेलापनिकांग्रेस निरर्थक हुन्छ ।’जनता सम्म पुग्ने नीति र कार्यक्रमको खडेरी चिर्न त परै जाओस् पार्टीभित्र हाँगा र पात पात मै गुटेपार्टीको खेतीमा मल हाल्दै रमाएपछि अरु नसकिए पनिकांग्रेस सकिन्छ । दुई तिहाईको कम्युनिष्ट सरकारको गति रोक्न उसले बजाएको अधिनायकवाद र निरंकुशताको बाजामा धेरै धून फेरियो, तर कांग्रेस राष्ट्रहितको, जनहितको मैदानमा फेरि उभिने छाँट छैन । कांग्रेस अहिलेको सरकारको बाटो छेक्ने अवस्थामा त छैन नि, आफ्नो बाटो बनाउने स्थितिमा पनि नहुनु कांग्रेसको लागिभन्दा देशकै लागि हानिकारक हुनसक्छ । ४० वर्षअघि विपीले गरेको चिन्ता कै अवस्थामा आज को कांग्रेस छ । सिद्धान्त र आदर्श रछ्यानमा मिल्काएर फगत सत्ता र शक्तिमा मात्र निशाना साँध्दा राष्ट्रियतासँग काँग्रेसको नाता लगभग टुटेको छ । र, विपीकृत समाजवादको प्रजातन्त्रको पखेटा च्यातिंदो छ । राजाको मूर्खतापूणर् कदमविरुद्द अर्को अतिवादसँग घाँटी जोडेर गरिएको क्रान्तिको प्रतिफल भोग्दैछ नेपाली काँग्रेस । यहीं देशको धर्मको मात्र जग हल्लिएको छैन कांग्रेसको धर्मको पनि जग हल्लिएको छ । विपीले आठ वर्ष कारावासमा बिताए । अर्को आठ वर्ष निर्वासनभोगे । तर मृत्युपर्यन्त निश्चितदर्शनको केन्द्रमा रही राजनीतिक योग र तपस्यामार्फत् राष्ट्र्रियता,प्रजातन्त्र र विकासकालागि एउटा मार्गचित्रदिए ‘हरेक नेपालिको घरमा गोठ र गोठभित्र एउटा गाई हुनुपर्छ ।’ यसको आशयदुध, दही, र पनिरका लागिमात्रगाईको आवश्यकतामहशुस गरिएको थिएन त्यसभित्र हिन्दुत्वको महत्ता पनिथियो । तर कांग्रेस हिन्दूत्वको त्यो महासागरबाट किनारा लागेर अरुसरह निरपेक्षताको वीष समान गीतमा नाचिरहेको छ । विचारले आस्थाको मागगर्दछ । वा, आस्थाले विचारबोक्छ ।विचारमाथिको गहिरो विश्वासको नामआस्था हो । विचार आस्थामा परिणत भएपछि त्यो बज्रलेप अर्थात सुदृढ हुन्छ । त्यही आस्थाले त्याग,उत्सर्गका निम्ति प्रेरित गर्छ । आस्थाले प्रतिफलको अपेक्षागर्दैन, लाभ-हानिको जोखतौल गर्दैन । भौतिकताको रौँ चिरा तर्कको आश्रयमाआस्थाबस्दैन । जब आस्थामै धमिरा लाग्छ भने संघर्ष, त्याग र बलिदानको गीत को गाउँछ ?नेपालीकांग्रेसको हकमा यही लागू हुन्छ ।महासमितिवैठकमा प्रवेश पाएको हिन्दुत्वको प्रश्नलाई किराँत र बौद्धमार्गी कार्यकर्तासँग जोखेर काँग्रेस सनातन जगबाट भाग्यो । आफ्नै धर्ममा टिक्न, अडिन र उभिननसकेपछि संकटले छोप्छ, जायजै छ । नेपाल धर्मनिरपेक्ष भएदेखि कांग्रेसलाई हिन्दुत्वको खटिरा ले नचिलाएको होईन । देखाउँदालुतो होलाभन्ने डर र नदेखाउँदा पार्टी सकिने भय । यही भयबाट अझै त्रस्त छ कांग्रेस । खुमवहादुर खड्का भ्रष्टाचार मुद्दाबाट सफाई पाएपछि हिन्दुत्वको रक्षाखातिर ‘नयाँकांग्रेस बनाउनतयार छु भन्थे । खड्काको अवसानपछि खड्काकै आत्माबोकेर घरानिया कांग्रेसको दौडाहा शुरु भो । तर महासमितिमा घरानियाँ कांग्रेस चूँ बोलेन । १३औं महाधिवेशनमा सभापति देउवाको विकल्प दिन्छु भन्दै दौडनेको दौडाहाको मुद्दा निहुरिमुन्टीमै टर्यो । न गिरी बोले, न केसी । न सिंह न थापा । एउटा कार्यक्रममाअर्जुन नरसिंह केसीले ‘म धार्मिक स्वतन्त्रताको पक्षमा छु’भन्दै गर्दा ‘म धार्मिक हस्तक्षेपको विरुद्ध र सनातन परम्पराको जगमाउभिएको छु’सम्म भन्नसकेनन् ।निरपेक्षताविरुद्ध जनमत संग्रह चाहिन्छ भनेर डंका पिट्ने व्यक्तिसमूह र परिवारको लंकाजल्ने भयले मौन रह्यो । देखाउने दाँत र चपाउने दाँतअलग्गै बोकेर हिंडेपछि न नेताको विश्वास हुन्छ न पार्टीको । नत्रव्यारेक र वाहिनिबाट देविदेवताकानाम हटाउने अभियान छेडिंदा मुर्दा बोल्लाकांग्रेस बोल्दैन । प्राण भए त बोल्ने हो, प्राण नै नरहेपछि को बोल्छ ?द्रव्यको मोहमाधार्मिक साम्राज्यवादकोमतियारको काम गरिरहेको समाजकल्याण परिषद् अखडामा ऊ धावाबोल्दैन । बैदेशिकद्रब्यलिने संस्थाहरुको अनुगमन अब गृहबाट अर्कै पांगदुरे मन्त्रालयमा स्थानान्तरणकोतयारी हुनलाग्दाकांग्रेस सुतिरहेको हुन्छ । काँग्रेसले स्थापनाको पहिलो घोषणामै “श्री ५ को वैधानिकनायकत्व”उल्लेख गरेर“राजत्व”प्रतिआस्थादर्शायो । सैद्धान्तिक आधार प्रजातन्त्र रह्यो जहाँ शासनव्यवस्थामा राजाको स्थानथियो । वैधानिक राजाको अवधारणा यही हो । जसै प्रजातन्त्रपक्ष र राजापक्ष छुट्टियो, न राजतन्त्र बच्यो न प्रजातन्त्रैको निश्चितता रह्यो । वैधानिक बाटो छाड्दा ज्ञानेन्द्र कुम्लोकुटुरो बोकेर नागार्जुनमा सीमितभए । प्रजातन्त्रैको मेरुदण्डमा बलियोसँग उभिननसक्दाकांग्रेस जनमतमापाहाझैं पछारियो ।उसकै समाजवादको गीतअलापेर अरुले कुरुक्षेत्रमा पछारिसक्दा पनिऊ ब्यूँझनसकेको प्रतीतहुन्न । बरु नयाँखबर आउँदैछ पुनःमुसिकाभवः शैलीमा । पशुपतिशमसेर र प्रकाशचन्द्रको हलोमा नेपालीकांग्रेस नारिन लागेको बिद्रुप खबर । निर्मल निवाशको सहभोजमा देउवालाई गरिएको आमन्त्रण यदि झुठो होइनभने कांग्रेस अब बिरालो बोकेर बाघ मार्न निस्किएको ठम्याउँदा हुन्छ । तर हिन्दुत्वको तीर साँध्दाफेरि राजाको भूतको भयबाट कांग्रेस त्रस्त छ । धर्म चलाउँदा राजाले पनि कब्रस्तानबाट उठेर कठालो समात्ने भयबाट ग्रस्त । त्यसैले ऊ अन्तरिम संविधानमा धर्म निरपेक्षता कसले कसरी प्रवेश गरायो भन्नेबारे जनतालाई बुझाउन जिब्रो चपाउँछ । हामीबाट गल्तीभयो भनेर हिंड्न लरखराउँछ ।निरपेक्षताको डोरी समातेर कसरी द्न्द्वको खेतीभइरहेको छ भनेर ढुंगो बोल्लाकांग्रेस बोल्दैन । धर्म, जात र भूगोलको वृत्तभित्र कसरी कांग्रेसपनिहारिरहेको छ भनेर हेर्न अन्तजाननपर्ने भएको छ । धर्म, राजनीति, अर्थनीतिएवम् सामाजिक सम्वन्ध नैतिक र चारीत्रिक उत्कर्षमा गतिमान हुन्छन् । धर्मआडम्बरमा, राजनीतिकपटमा, अर्थनीति स्वार्थमा, सामाजिक सम्बन्ध वैभवको प्रतिष्पर्धामा लक्षित भएपछि चरित्र कसरी आदर्श बन्छ ?नैतिकता कसरी प्रतिस्थापन हुन्छ ?पार्टीका मसिहाहरुमा पारदर्शिता, सदाचार खोज्यो भने दुनिया हाँस्छ । अनि हामी प्रजातन्त्र नैतिक र चारित्रिक धरातलमा विकसित हुने आदर्श फलाक्छौं । को पत्याउँछ ?यो विरोधाभाष सबै संरचनामा विद्यमान छ । जनतासँगको सम्बन्ध टुट्नुमा यो ठूलो कारण हो भनेर अझै चेत घुसेको छैन । क्रान्ति सत्ताको सवालमामात्र केन्द्रितहुने तर सोच र चरित्रमा कहिल्यै नहुने ? राजनीतिक साधनाको अर्थ सत्ता, सुखभोग, विलास, नातासम्बन्ध र परिवारको मात्र कल्याण? नेतृत्वको अर्थ सामाजिक विश्रृंखलता, अराजकता, असुरक्षा, अभाव मा मौनता साँध्ने प्रमाणपत्र मात्र ? पार्टी हुनुको अर्थ जनसंख्या, भूगोल, सार्वभौमिकता, सभ्यता, संस्कृति, भाषा, स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय एकता जस्ता विषयमा आफ्नै आदर्श र अडानमा उभिन सक्नु पनिहो । प्रान्तीयता र धर्ममा संकुचन आउँदैमा समृद्दि रोकिने त होइन तर राष्ट्रिय एकताको जरो बलियोसँग सम्हाल्न नसक्दा त्यसले पैदा गर्ने अनिश्चितता र दिशाहिनताले पार्टी र देश दुबैलाई दलदलमा लैजान्छ । अन्तद्र्वन्द्व र अन्तरविरोधको जालोमा जेलिएको कांग्रेस अकमण्र्यताको स्थितिबाट बाहिर निस्किएमात्र देशले पनि ठोस निकास पाउने हो । तर त्यो बाटो पनि कांग्रेसका लागि टाढा बन्दै गएको छ ।
Share:

शरमको बजारमा सोमतको खोजी – जनकराज ढुंगाना ‘कालु’

इतिहासमा धेरै ठाउँमा इमान पराजय भएको छ र बेइमान विजय भएको छ । जनताको पटकपटकको बलिदानी सत्ताको भर्‍याङ्ग बनाएका दलका नेताहरुले देश र जनताको हितमा काम गर्ने चेष्टा नराख्दा इमान हारेको हो । सत्ता र शक्तिको केन्द्रमा नपुगेसम्म जनताको जीविकाको विषयमा गर्जनेहरु सत्ता र शक्तिमा पुगेपछि जनतासँगको वाचाकसम नाघ्न थालेपछि बेइमानीको जीत हुने नै भयो । जननी जन्मभूमिश्च स्वर्गदपि गरीयसी । जन्म दिने भूमि नै स्वर्गसमान हुन्छ, हरेक मानिस जन्मभूमिको ऋणी हुन्छ । उक्त ऋण तिर्न वा आफू जन्मेको भूमिलाई स्वर्गसमान बनाउनु उसको कर्तव्य हुन्छ । आफू जन्मेको भूमिमा बस्ने जल, थल, चराचर, पशुपक्षी सबैको हित चाहेमा मुलुक स्वर्ग बन्छ भनिन्छ । आफूलाई सबैथोक पुगोस्, अरूलाई जेसुकै होस् भन्ने व्यक्तिवादी चिन्तनबाट भने राष्ट्रको अस्तित्वमाथि नै प्रश्न उठाउँछ । यही प्रश्नले जहिल्यै देश कहिले बिदेशीको पोल्टामा जाने हो, कति वर्षसम्म बाह्यशक्तिकै निर्देशनमा चल्ने हो भन्ने चिन्ता उत्पन्न गराउने रहेछ । अप्रत्यक्षत विदेशी शक्तिमार्फत नै चालित हो देश, सयौं वर्षदेखि । तर हस्तक्षेपका नयाँ कडी आश्र्चयजनक रुपमा बढेको देखिन्छ । एनजिओ, आईएनजिओले नेपालमा स्वार्थअनुकुल बिजनेश गरिरहेका उदाहरण दुरुस्त देखिए पनि सत्ताको स्वीकारोक्ती भेटिन्छ । कसैलाई धर्म प्रचारको चिन्ता छ, कसैलाई राजनीतिक अस्थीरता र अशान्ती मच्चाएर स्वार्थको रोटी सेक्नु छ । होटल र कोठामा शान्तिका शिक्षा दिने तिनै, जात र धर्म उचालेर अशान्तीको वीष रोप्ने पनि तिनै । जब आजको सत्ता ती तत्वसँग मौन रहन्छ र देखिन्छ, प्रश्न स्वभाविक हुन्छ आजको सत्ता पनि कतै तिनीहरुले नै चलाइरहेका त छैनन् ? राजनीति अब सेवा रहेन । यो आम्दानी र ब्यापारको थलो भयो । राजधानीमा महलवाला सांसदहरु घरभाडा शीर्षकमा रकम कुम्ल्याउन थाले । हिजो सुत्केरी भत्ता आज घरभाडा । समय फरक, पात्र र चरित्र उस्तै । पूर्व र वर्तमानलाई सुविधाको भारी थप्दै राज्यको ढुकुटी चुरे क्षेत्र झैं दोहन हुँदा तैं चूप मैं चुप । सबै सम्पन्न र सभ्रान्त पूर्वलाई राज्यको बुता बाहिरको सेवा सुविधा चाहिने, जसबाट समाज र देशमा माखो मर्नेवाला छैन तिनलाई अगुवा र पछुवा सुरक्षाकर्मी पनि चाहिने । शरमको बजारमा सोमत किन्न पाईंदैन, त्यसैले पूर्वहरुलाई लाज लाग्दैन । पाकिस्तानमा इमरान खानले सुविधा कटौती गर्दै विश्वविद्यालय बनाउने र विकासका काम अघि बढाउन थाले । यता बालुवाटारको नशा र भुतले सताइएका दुःखी आत्माहरुको लर्को छ । भन्नलाई मृत्युको दिन नजिक छ भनिन्छ, मरिलानु केही छैन भनिन्छ र सहानुभुति पट्याउने यत्न गरिन्छ, उता अपारदर्शिताका ठेली थपिंदै गइरहेको हुन्छ । मान्नेलाई पो विधि, नमान्नेलाई यत्रैसिती भनेर पनि देश चलिरहेकै छ । हाम्रो परम्परागत भाषामा असलशासन र न्यायपूणर् समाजलाई रामराज्य भनिन्छ । तर रामराज्य कायम हुन वर्तमान युगमा कर्मचारी, व्यापारी, शासकवर्ग, न्यायाधीश, जनता सबैले आ-आफ्नो तर्फबाट राष्ट्रप्रति दायित्व निर्वाह गर्न जरुरी हुन्छ । अनुभवको पाना पल्टायो सबै आफू पानीमाथिको ओभानो देखिन खोज्ने र दोषजति अर्काको थाप्लोमा थोपरेर रमाउने । कित्ताकित्तामा यही छ । पत्रपत्रमा यही छ । एउटाले अर्काको मूल्य र अस्तित्व स्वीकार गर्न नसक्नु नै आमचरित्र बनेको छ । राष्ट्रभित्र जनताबीच समझदारी र सहअस्तित्वको बोध सबैलाई हुनैपर्छ । तर न्यायलयमा हुने धन्दाको विषयमा कोही बोल्दैन । थाहा सबैलाई छ न्याय किनिन्छ, बेचिन्छ । प्रहरी, वकिल, न्यायाधीश सबैले यही भन्छन् न्याय किन्न सक्नेका लागि मात्र भयो, निमूखाको लागि भएन । तथ्य पनि यही, सत्य पनि यही भएपछि आशा पलाउँछ कहाँबाट ? व्यापारीले व्यापारमा मुनाफा मात्र होइन, सेवाग्राहीको हित पनि हेर्न सक्नुपर्छ । मुनाफा मात्र व्यापारको धर्म होइन । अचेल व्यापारमा लुट छ । व्यवसायमा पनि लुट छ । सामूहिक र संस्थागत लुटको साम्राज्यमा निमुखाको बोली बिक्दैन । सरकार सबै देख्छ, बोल्दैन । विधि बनाउने थलो आफैं नैतिक, चारित्रिक पतनका अभियोगीहरुको अखडा बन्दैछ, उसले देखेर पनि के लछारोस् । सुरक्षा निकाय सबै देख्छ, गोली ठोक्दैन । संचारजगत सबै देख्छ तर सौदाबाजीमा समाचार दिन्छ । यस्तो बेला विधिको शासनको नार खुब बिक्छ । बिकिरहेकै छ । देशमा दुई तिहाईको सरकार छ । अब त केही हुन्छ भन्ने आशा बद्लिदैछ । पार्टी पूणर्रुपेण एक हुन नपाउँदै भित्रभित्र अनेक पार्टीको भ्रुण विकास हुन थालेको सुनिन्छ । कति बेला कुन मुद्दामा बिग्रहको चट्यांग पर्ने हो दैब जानून् । कहिल्यै सग्लो र सिंगो हुन नसकेको नेपाली कांग्रेसको के कुरा । देउवा, पौडेल, सिटौला, कोइरालाको खन्तीले खनेको खाडल जति ठूलो र चौडा हुँदैछ उति कांग्रेस अरुलाई नामेट पार्छु भनेर डंका पिट्छ । कति हाँस्नु ? पोखरामा पूर्वराजा ज्ञानेन्द्रले २४ वटा कोठा रिर्जभ गरे रे । गणतन्त्रको हुङ्कार गर्नेहरु डरले सिउसिउ गर्दै ‘के गरेको !’ भन्न थाले । बनको बाघले नखाए नि मनकै बाघले चिथोरेर मर्लान्त छन् धेरै शीर्ष । अरु पूर्वले चैं अगुवा पछुवा भिरेर चारचौरास चाहार्न हुने पूर्वराष्ट्राध्यक्षले चैं नागार्जुनै कट्न नहुने ? अचम्म छ दुनियाँ । हिजो घाँटी काट्न नसक्ने आज पाखुरा सुर्कने ? छि ! ठेक्का दियो, पुल बन्दैन । पुल बन्यो छ महिना टिक्दैन । भुक्तानी ठोकेर ठेकेदार दम्पच भइसकेको हुन्छ । भवन बन्छ, मान्छे नै नबसी चुहिन्छ । गाउँगाउँमा सिंहदरबारको नाममा डोजर र ट्रिपरका ठेकेदारहरुको स्थानीय शासन देखिनसक्नुको छ । झरीमा कालोपत्र भएको सडक हप्ता दिनमा आलुको बोक्रा ताछेजस्तो हुन्छ । अपराध भो हजुर भन्यो, पुलिस उजुरी लिन मान्दैन । उजुरी लियो पुलिस नै नक्कली अपराधी खडा गर्दै आफैं बयान लिनदिन शुरु गर्छन् । अख्तियारकै सुरक्षाकर्मी घुस लिंदालिंदै चिरिप्प हुँदा पनि कारबाही के भयो थाहा पाइदैन । बेइमानी हाम्रो नशानशामा छ । बेइमानीको यही श्रीपेचमुनी कसरी जप्नु समृद्ध नेपाल सुखी नेपालीको नारा ?
Share:
Copyright © Janak Raj Dhungana Design by Ddus Gajurel